• October 10th, 2013

सर्वसम्मत नेतृत्व चयनका लागि एनआरएन संरक्षक थापाको अपिल

गैरआवासीय नेपाली संघका संरक्षक रामप्रताप थापाले गैरआवासीय नेपाली संघको छैठौं विश्व सम्मेलनमा भाग लिन काठमाण्डौ जान लागेका प्रतिनिधिहरुलाई सहमतिका आधारमा संघको नयाँ नेतृत्व चुन्ने वातावरण बनाउन आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न अपील गरेका छन् । थापाले सोमबार वक्तव्य प्रकाशित गरी गैरआवासीय नेपाली संघको अध्यक्ष पदका आकाँक्षीहरुलाई संस्थाभित्र बृहत्तर एकताको आधारमा सर्वसम्मतिले नयाँ नेतृत्व चयन गर्न पहल गर्न पनि आह्वान गरेका छन् ।

प्रकाशित मिति: २०७० आश्विन २३ १२:२५
Original Link: http://www.ekantipur.com/np/2070/6/23/full-story/377231.html


Leave a Reply