• October 26th, 2013

सुझाव, सहयोग र सद्भाबको निम्ति धन्यवाद

आदरणीय गैर अवासीय नेपाली संघसंग आबद्ध दाजुभाइ तथा दिदीबहिनिहरु,

गैर अवासीय नेपालीहरुको भर्खरै सम्पन्न विश्व सम्मेलनमा नयाँ नेतृत्वका निम्ति मैले पनि उम्मेद्धवारी दिएको थिएँ भन्ने कुरा त यहाँहरु सबैलाई अवगत नै छ । गैर अवासीय नेपाली संघको इतिहासमा नेतृत्वको चयन अहिले सम्म हरेकपटक सर्व सम्मतबाट हुने गरेको ब्यहोरा पनि तपाईंहरुमा अवगत नै छ ।

म सँधै समझदारिमा विश्वाश गर्ने मान्छे । त्यसैले नेतृत्व चयनको प्रकृयागत सहजताको निम्ति आफ्नो तर्फबाट गर्न सकिने सहयोग अनुरुप अन्तिम समयमा आएर मैले आफ्नो उम्मेद्धवारी फिर्ता लिएको ब्यहोरा अनुरोध गर्न चाहन्छु ।

तपाईंहरुले म प्रति देखाउनु भएको सुझाव, सहयोग र सद्भाबको निम्ति म सदा आभारी रहने छु ।

धन्यवाद।

रामप्रताप थापा
संरक्षक, गैरआवासीय नेपाली संघ
स्काइप: rampthapa
इमेल: thapa@web.de, thapa.rampratap@gmail.com
फोन: 9851065565
२६ अक्टोबर, २०१३


Leave a Reply