• October 3rd, 2013

तपाईहरुको माया र भरोसालाई म सदैब सम्मान गर्दै आफ्नो उम्मेद्वारी कुनै पनि अवस्थामा फिर्ता लिने छैन

Ram P. Thapa

Mr. Thapa chairing the program.

जर्मनीको डर्त्मोण्डमाअवस्थित ए एंड ओ होटेलमा एन आर डब्लुबाट एन आर एन ए जर्मनीमा पर्तिनिधी गर्ने केन्द्रिय पधाधिकारीहरु र बभिन्न संघ संथाका प्रतिनिधिहरु, समाजसेवीहरु, बिद्यार्थिहरु र बुद्धिजिविहरुको बिसेष भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

एन आर एन ए जर्मनीका उपाध्यक्ष रण बाहादुर साउदको अध्यक्षतामा सम्पन्न गरिएको उक्त कार्यक्रमका प्रमुख अथिति आई सी सी ग्लोबलका संरक्षक तथा अगामी महिना हुने गैरआवासीय नेपालीहरूको सम्मेलन ग्लोबलमा अध्यक्षका प्रत्यासी श्री राम प्रताब थापा रहनु भएको थियो ।

बिसेष अथितीमा एन आर एन ए जर्मनीका बिशेष संरक्षक श्री विजय मोक्तान रहनु भएको थियो । कार्यक्रमको सुरुमा गैरआवासीय नेपालीहरूको सम्मेलन ग्लोबलमा अध्यक्षका प्रत्यासी श्री राम प्रताब थापालाई एन आर एन् ए जर्मनी केन्द्रिय सदस्य श्रीमती पवित्रा पौड्यालले खादा ओडाएर सम्मान गर्नुभएको थियो ।

बिसेष भेलामा उपस्थित संघ सस्थाका पधाधिकारीहरु साथै उपास्थित भेलालाई स्वागत गर्दै केन्द्रिय सदस्य श्री लब थापालेआफुलाई जर्मनीको केर्द्रिय समितिमा बसी सेवा गर्ने अवसर दिने सबैलाई धन्यवाद दिदै भन्नुभयो हामि जर्मनीमा बस्ने नेपालिहरुले दाजु राम प्रताब थापालाई ग्लोबलको अध्यक्षमा बिजयी गराउनु हामो गहन जिम्मेवारी भएको छ उहाँले भन्नु भयो ।

सबै क्षेत्रबाट सबैले मिलेर वहालाई बिजयी गराउनु पर्दछ । आ(आफ्नो मन्तब्य दिनेहरुमा सगरमाथा समाजका अध्यक्ष श्री पन्च रत्न घिमिरे लालिगुरांश परिवार गेल्सेन किर्चेनका निबर्तमान अध्यक्ष श्री डोर बहादुर गुरुङ एन आर एन एल सी सी एन आर डब्लु सह सचिब होम शर्मा डोर्त्मोण्ड निवाशी श्रीमती रामति शर्मा एन आर एन ए जर्मनी उपाध्यक्ष श्रीमती तारा थापा संरक्षक श्रीमति अमला दाहाल, निबर्तमान केन्द्रिय सदस्य श्री मदन दाहाल हुनुहुन्थ्यो ।

एन आर एन ए जर्मनी बिशेष संरक्षक श्री विजय मोक्तानले आफ्ना गुनासोको ठुलो पोको खोल्दै हाल ग्लोबलमा देखिएका सबै उम्मेदवारहरु भन्दा राम प्रताब थापा सबै भन्दा सक्षम र अनुभबी देखिनु भएकोले वहाको जीत निस्चित देखिन्छ भन्नु भयो । उपस्थित बक्ताहरुको जिज्ञासालाई जवाफ दिदै प्रमुख अथिति श्री राम प्रताब थापाले भन्नु भयो तपाईहरुको माया र भरोसालाई म सदैब सम्मान गर्दै आफ्नो उम्मेद्वारी कुनै पनि अवस्थामा फिर्ता लिने छैन । मेरो १० वर्ष लामो अनुभब र लगानीको सहि प्रतिफल लिने बेला आएकोले म ढुक्क भएको छु ।

यति धेरै अनुभवी र मिलनसार मित्रहरुको सहयोगले म बिजयी भई तपाईहरुसंग खुसियाली बाड्न र तपाईहरुको समस्यालाई उचित सम्बोधन गर्न छिट्टै आउने छु । स्मरण रहोश जर्मनी बाट अगामी महिना हुने गैरआवासीय नेपालीहरूको सम्मेलन ग्लोबलमा अध्यक्षको लागि श्री राम प्रताब थापा ज्यु र महासचिवको लागी हाल युरोप संयोजक श्री कुमार पन्थ ज्युले उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ ।

अन्त्यमा कार्यक्रमका सभापति एन आर एन ए जर्मनीका उपाध्यक्ष श्री रण बा साउदले आफु राम दाई को लागि सग्दो सहयोग गर्न तत्पर रहेको जानकारी गराउदै उपस्थित सबैलाई धन्यवाद दिदै सभा बिसर्जन गर्नु भयो । कार्यक्रमको उद्ग्घोषण एबम संचालन एन आर एन ए जर्मनीका प्रबक्ता श्री दयाराम पौड्यालले गर्नु भएको थियो ।

Reported by: Dayaram Paudyal, Germany, http://www.dcnepal.com


Leave a Reply