• September 23rd, 2013

एन आर एनका केहि कमि कमजारी देखिएका छन्, म त्यसलाई सच्चाउन चाहन्छु

राम प्रताप थापा उहााको परिचयका लागी यो नामै काफी छ । एन आर एनका एक हस्ती सस्थापक सदस्य आदी ईत्यादी…। २००९ साल देखी हाल सम्म एनआरएनमा संरक्षक हुनुहुन्छ । त्यस बाहेक उहााले नेपाली नागरीकताको निरन्तरता कार्यदल र अनुसासन समितिको अध्यक्षयता गर्नु हुन्छ । एनआरएनएका संस्थापक सदस्य थापा २००३ देख ५ सम्म आइसिसिको सदस्य २००५ देखी ७ सम्म युरोपीएन भिसी र २००७ देखी ९ सम्म ग्लोबल भिसी हुनुहुनथ्यो । २००९ सालमा उहाा अध्यक्ष पदमा सर्वसहमतीमा चुनिनु भएको भएता पनि एनआरएन एकताको लागी १ दिनमै सो पद छोडी दिनु भएको हो । पेशागत थापा जर्मनीमा वैकर हुनुहुन्छ । नेपाल सरकारको महावाणिज्यदुत पनि हुनुहुन्छ । हाल पुन २०१३ देखि १५ को लागी उहााले अध्यक्ष पदको लागी उमेद्धवारी दिने घोषणा गर्नु भएको छ । प्रस्तुत छ उहाा गरिएको वार्तालाप ।

१) सर्बप्रथम, प्रबासको बसाई यति लामो भैकन र वित्तिय क्षेत्रमा कार्यैरत ब्यक्ति एनआरएनको सस्थापक उपाध्यक्ष जस्तो ब्यक्तिलाई समाजसेवामा क्रियाशिल हुन किन एनआरएन नै चाहियो ? अन्य पेल्टफार्म हुन सक्दैन ?

हो म आप्रवासी भएको झण्डै ३८ वर्ष भएको छ । र एनआरएनमा स्थापना काल देखी नै लागेको १० वर्ष भएको छ र यो मेरो लागी सामाजीक क्षेत्रको एउटा पक्ष हो । अरु मार्ग मेरो लागी धेरै छन । तर एनआरएन हामी सवैको लागी एउटा शसक्त माध्यम वन्ने सपना मैले देखेकोले यसमा वढी भन्दा वढी समय दिएको हो ।

२) यसपाली त शेष घले, तेन्जी शेर्पा लगायत ५ जना मैदानमा उत्रिसकेको अबस्था छ, सहमती हुने कत्तिको सम्भावना देख्नुहुन्छ ?

धेरै संख्यामा अध्यक्षको उम्मेदवारी हुनु नै यसको लोकप्रियताको प्रर्दशन हो । सहमती भन्ने कुरो चुनावी प्रक्रियाको एउटा भाग हो । त्यसैले मैले हाल प्रतिस्प्रर्धामा को–को साग हुन्छ त सो कुरा उम्मेदवारी दर्ता हुने दिनमा मात्रै थाहा हुने कुरा हो ।

३) शेष घले त दोहोरो नागरिकता प्रणालीका लागि हदै सम्म प्रयास गर्ने र रोजगारका लागि पनि पहल गर्ने अनि एन आर एन नेपालमा दर्ता गराउने र आफ्नो व्याक्तिगत लगानी एन आर एनको एजेण्डाका लागि समेत प्रयोग गर्ने भन्नु भएको छ, तपाईको आकर्षण के हुने छ एन आर एन का लागि ?

एनआरएनको अध्यक्षको उम्मेदारको एजेण्डाहरुमा खास फरक पाईदैन । किनकी हाम्रा समस्या सामुहिक छन । त्यसैले मेरो विचारमा व्यक्ति व्यक्तिको एजेण्डा एनआरएनमा खोज्नु ठीक होइन । मेरो १० वर्षको अनुभवमा मलाई एनआरएनको सामुहिक एजेण्डा मात्रै हुन्छ भन्ने मेरो धारणा छ । त्यस्ता सामुहिक एजेण्डा मेरा लागी हुन ।

१)नेपाली नागरीकताको निरन्तरताका लागी छिटो प्रयास गर्ने ।
२) सामुहिक लगानीको लागी तीव्र प्रयास गर्ने ।
३) वैदेशीक रोजगारलाई गुणस्तरीय वनाउने ।
४) मातृभुमीमा रोजगार मुलक उद्योग स्थापना गर्ने र स्वदेशमै रोजगारीको श्रृजना गर्ने ।
५) कर्म भुमीमा सामाजीक सेवाका लागी नेपालीहरुको अवस्था सुधार गर्ने ।
६) संस्कृति भाषाको प्रर्वद्धनको लागी प्रावधान तयार गर्ने ।

हाम्रा समस्याहरु यस वाहेक अझै अनगिन्ती छन । अव आउने नेतृत्वले पनि यी सवै कुरालाई समेटेर अगाडी वढनु पर्ने हुन्छ । अर्को सवै भन्दा महत्वपुर्ण कुरा एनआरएनको दर्ता र संस्थागत विकास गर्नुपर्ने छ । अव एनआरएनको दर्तामा ढिलाई गर्नु हुदैन र एनआरएनलाई एउटा बलियो संस्था बनाउन छिट्टै पहल गर्नु पर्ने देखीन्छ । मेरो लागी एनआरएनएको लागी काम गर्ने भनेको कुनै एउटा सस्था मात्र खडा गरेर जाने होइन की यस्को दिर्घकालिन रुपमा निरन्तर काम गर्ने हो ।

४) यो दोहोरो नागरिकताको कुरा के भएर मिल्न सकिरहेको छैन तपाईको विचारमा ?

मैले लामो समय देखी नेपाली नागरीकताको निरन्तरताको लागी कार्यदलको अध्यक्ष भएर काम गरीरहेको छु । यसमा धेरै भन्दा पनि अति नै प्रयास राजनिति र प्रशासनिक तहमा भएका छन । फलस्वरुप नयाा संविधानमा यो विषय सम्बोधन गर्न हामी सफल भएका छौ । यो विषयवस्तु वुझाउन हामीलाई धेरै समय लाग्यो तर आउने एनआरएन नयाा पुस्ताका लागी नेपाली नागरीकताको निरन्तरता भनेको नेपालको व्यक्तित्वको लगानी हो भन्ने कुरामा म विश्वास गर्दछु ।

५) तपाई त २००९ मा नै देबमान हिराचन भन्दा अघि सयौ एन आर एन हस्तिको विचमा आठ नौ घण्टाका लागि एन आर एन अध्यक्ष भैसक्नु भएको रहेछ तर पछि गएर कसरी देवमान हिराचन आए त ? वास्तविकता के हो ?

मैले यस वारेमा पटक पटक उल्लेख गरेको छु । त्यस पटक अध्यक्ष उपेन्द्र महतो लगाएत साथीहरुले सहमतिको लागी प्रयास गरी सवै उपस्थित आइ सि सि र एन सि सिको हस्ताक्षर सहित एउटा समितिले मेरो पक्षमा अध्यक्षको लागी निर्णय गरेको थियो । तर त्यसको भोलीपल्ट मेरो सह मित्र देवमानजीलाई सो निर्णय मान्य नभएकाले विशेष उपेन्द्र महतो एवं अन्य अग्रज साथीहरुको इच्छामा एनआरएनको एकतामा फुट हुन नदिनको लागी मैले मेरो अध्यक्षता देवमान जी लाई छोडेको हुा । तपाईले जितेको हो तर मलाई छोडीदीनुस यस पटकको लागी भनी उहााको भनाई भएकोले मैले यस्तो गरेको हुा । १० वर्ष अगाडी भएको संस्थाको संरचनाको दायरा समयगत फराकीलो पारेर ६५ देश भरी रेखदेख गर्न सकिने हुनु पर्छ भन्ने मेरो वुझाई छ ।

६) तपाई एन आर एन को नेतृत्वको लागि यति किन लालायित ? के योजना छ त्यस्तो जसका लागि तपाई अघिल्लो कार्यकालमा पनि नेतृत्वका लागि दावि गर्नु र अहिले पनि उम्मेदवारी दाबी गरि सक्नुभएको छ ?

मैले मेरो योजनाबारे यस अघि पनि जानकारी गराएको छु । सो कुरा घोषणा पत्रमा पनि संक्षेपमा उल्लेख गरेको छु । मेरो २००९ पछीको उम्मेदवारी पुन दिन चाहेको छु किन भने एनआरएनएलाई यथासीघ्र सर्वमान्य र वलियो संस्था वनाउन मेरो अनुभव र प्रयासको आवश्यकता छ भन्ने मेरो बुझाइ हो यसैले मैले अध्यक्षको लागि उमेदवारी दिने घोषणा गरेको हुा । १० वर्षको समयममा एनआरएनएको अभियान तीव्र रुपमा सोचे जस्तो अगाडी वढन सकेन यसमा मैले केही कमजोरीहरु देखेको छु र यसलाई सच्याएर एउटा बलियो सशक्त संस्था वनाउन चाहान्छु ।

७) वर्तमान एन आर एन कार्य समितिले सामुहिक लगानि परियोजना सुरु गर्योु । तर एन आर एन को नाम जोड्न र इमेजलाई प्रयोग गरेर व्यापार गर्न खोजेको भन्दै कतिपय आरोप सुन्न पाईन्छ के भन्नुहुन्छ यसवारे ?

वास्तविकता के हो भने प्रयास हुादाहुादै पनि एनआरएनको सामुहीक लगानीमा सोचे भन्दा वढी समय लाग्यो । करीव १ वर्ष अगाडीवाट मात्रै यो काम अगाडी बढ्यो यसमा गर्नु पर्ने धेरै कामहरु छन । आर्थीक रुपमा कमजोरी भएका अधिकांश व्यक्तिहरुको संलग्नता न्यून भयो भन्ने आरोप लागेको छ यो स्वभावीकै पनि हो । जुनसुकै जसले वा जुन कम्पनि खोलेको भएता पनि लगानी गर्नेले आफुलाई ठीक लागेको ठाउामामात्रै लगानी गर्न पाउनु पर्दछ । एनआरएनएको आफ्नै लगानी नहुने हुादा व्यक्ती व्यक्तीको लगानीको कम्पनीमा लेखाजोखा स्पष्ट हुनु पर्ने देखीन्छ । कुन आधीकारीक हो होइन भन्दा पनि हामीले कुन लगानीमा हाम्रो लगानीको सुरक्षा हुन सक्ला र फाइदा वढी होला भन्ने हेर्नु पर्दछ ।

८) वर्तमान एन आर एन कार्य समितिले सामुहिक लगानि परियोजना सुरु गर्योढ । तर एन आर एन को नाम जोड्न र इमेजलाई प्रयोग गरेर व्यापार गर्न खोजेको भन्दै कतिपय आरोप सुन्न पाईन्छ के भन्नुहुन्छ यसवारे ?

यो प्रवृति जुन किसीमले आयो मैले यसमा शुरुमा लाग्दा सोचेको थिएन । एनआरएनको जुन मातृभुमी प्रतिको महत्व छ त्यसलाई हामीले वुझाउनै सकेना,ै र धेरै साथीहरुले यसलाई जानेर वा नजानेर यस भित्र राजनितिलाई स्थान दिएर अहीले एनआरएनए पनि राजनितिको शिकार बन्न पुगेको छ । हाम्रो मातृभुमीले हाम्रो देनको महत्वलाई वुझनु भन्दा उल्टो हुन गएको छ । त्यसैले यसमा यथासीघ्र नयाा मोड ल्याउनु पर्दछ भन्ने मेरो धारणा छ । एनआरएनए राजनितिक अखडा हुन भएन, राजनितिक गर्नका लागि बिभिन्न दलहरुको स्थापना भएको छ एनआरएनएमा त नितान्त रुपमा सामाजीक काम त्यो पनि मात्रृभुमिका लागि गर्ने हो । हाल विभीन्न ठाउाका एन सि सिहरुमा निस्कीएको झमेलाहरुवाट पनि सुधार गर्नुपर्ने कुरा प्रष्ट भएको छ, हामीले यसको समयमा नै सुधार गर्नुपर्दछ ।

९) एन आर एनलाई ठुला गफ गर्नेको सस्था र रातनैतिक चलखेल गर्ने थलोको रुपमा हेर्ने जमात बढेको छ, तपाई यसलाई कसरी लिनुभएको छ ?

तपाइले राख्नु भएको धनिको संस्थाको जिज्ञासामा सत्यता छ । हामीले चाडै नै यसलाई उल्टो रुपमा प्रमाणीत गर्न सकेनौ भने हाम्रो एकतामा प्रश्न आउन सक्छ । नसकेर र नचाहेको भन्दा पनि मेरो विचारमा एनआरएनए एउटा बिश्वव्यापी संस्था हो । यसमा हामीले सवैलाई (धनि गरीव सवै समुह) समेटनुपर्छ भन्ने कुरा वुझेनौ जस्तो लाग्छ, मेरो उमेदवारी पनि यसैको जवाफ हो । नत्र म संरक्षक भै सकेको व्यक्तिले फेरी उम्मेदवारी दिनुपर्ने कारण के छ र ? हामीले अझैपनि धनिलाई मात्र नेतृत्वमा साऱ्यौ भने हामीले एनआरएनको अस्तित्व र प्रसंसा दुबै गुमाउछौ ।

१०) तपाईका प्रतिस्पर्धि तेन्जी शेर्पा, शेष घले, रामेश्वर शाहहरुलाई कसरी चिन्नुहुन्छ ? उहााहरुको बारेमा के धारणा छ?

मेरा सवै प्रतिष्प्रर्धीहरु एनआरएन मित्रहरु हुनुहुन्छ र उाहाहरु प्रति मेरो कदर छ । हामीले अध्यक्षको प्रत्यासीमा संघर्ष गर्नु भन्दा मिलेर काम गर्नु पछर्, हाम्रो उद्देश्य साझा छ भन्ने मलाई लाग्दछ । एनआरएनएको अवस्थामा अहिले निकै कमजोर भएको छ । त्यसैले यस्तो अवस्थामा मेरो योगदान र अनुभवको आवश्यकता छ भन्ने मलाई लाग्छ ।

Source: nepaliwave.com


Leave a Reply