• August 24th, 2013

‘यसकारण थापालाई एनआरएनको नेतृत्व दिनुपर्छ’ – दिल बहादुर गुरुङ

१९८० मा नेपाली कार्पेटको बजार बिस्तार गर्ने सिलसिलामा म युरोप आएको हुँ । त्यसपछि म यही ब्यापार गर्न लागे समय बित्न कति समय लाग्दो रहेछ र आज ३३ बर्ष भयो मेरो जर्मनीको बसाई । म २० बर्षदेखि नेपाल पर्यटन बोर्डको प्रतिनिधि हुँ । भिजिट नेपाल १९९८ मा हामीले जर्मनीमा हिमालय रोड शो को कार्यक्रम आयोजना गरेका थियौ । त्यस कार्क्रममा पहिलो पटक नेपालबाट आएका १५ जना कलाकारहरुले नेपालको पर्यटन सम्बन्धी बिभिन्न कार्यक्रम गरेका थियौ । त्यस कार्यक्रम लाई सफल बनाउन नेपालबाट युवराज दीपेन्द्र पनि जर्मनी आएका थिए ।

पहिलोपटक जर्मनीमा नेपाल परिवार नामक संस्था म र राम प्रताप थापाको सक्रियतामा गठन गरिएको थियो । जुन संस्थाले नेपालबाट आउने नेपालीलाई धेरै सहयोग गर्यो जसका कारणले गर्दा ९० र २०००को दशकमा जर्मनी नेपालीको लागि एउटा ट्रान्जिट पोइन्ट नै बन्यो । यो सबै यो संस्थाको देन नै थियो । एक्स्पो २००० मा हामीले बिभिन्न कार्यक्रम गरियो नेपाललाई चिनाउने र पर्यटन सम्बन्धी बिषयमा । म मनाङमा जन्मिएर काठमाण्डुको ठमेलमा हुर्के बढेको हुँ । मेरो सानो उमेरदेखि नै नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंहसँगको उठबसमा नै म ठूलो भएँ । उहाँले नै मलाई प्रजातन्त्र , समाजबाद र राष्ट्रियताको बारेमा धेरै ठूलो प्रभाव पार्नुभयो । त्यसैले म लोहा पुरुष गणेशमान सिंहको चेला हुँ । मेरो सम्पूर्ण परिवार पनि नेपाली काँग्रेसमा आबाद्द भएकोले परिवारको पनि यसमा ठूलो भूमिका छ । १९८२ सालमा तत्कालिन पार्टी सभापति सन्त नेता कृष्णप्रसाद भट्टराईले मलाई युरोपमा रहेका नेपाली काँग्रेसका कार्यकर्ताहरुको प्रबक्ताको रुपमा काम गर्न जिम्मेवारी सुम्पिनु भएको थियो । युरोपमा नेपाली काँग्रेसको संगठनको बिस्तार र एक दलीय पञ्चायत ब्यबस्थाको बिरुद्धमा नेपाली कांग्रेसले गरेको आन्दोलनको नैतिक समर्थन र तत्कालिन सरकारलाई दबाव दिन युरोपबाट पनि हामीले दबाब सिर्जना गर्ने खालका कार्यक्रम गरेका थियौ ।

२००६ सालमा तत्कालिन पार्टी सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाले मलाई यूरोपमा नेपाली कांग्रेस पार्टीको बिस्तार गर्न पूर्ण जिम्मेवारी दिनु भयो । नेपाली कांग्रेसको १२ औँ अधिबेशनमा युरोपबाट मात्रै २१ जना महा-अधिबेशन प्रतिनिधी र महा- समिति सदस्यहरुले भाग लिए र परिवेक्षकको रुपमा धेरै देशहरुबाट प्रतिनिधित्व भयो । अहिले म नेपाली जनसम्पर्क समिती यूरोपको संयोजक पनि हुँ । एनआरएनको जर्मनी एउटा संस्थापक देश हो । आज यो संस्था १० बर्षको भई सकेको छ । सबैको कडा परिश्रमले गर्दा संसारको ६४ देशहरूमा यसको संजाल फैलिसकेको छ । यो अभियानको सन्जालले १०० प्रतिशत सफलता हासिल गरेका छौँ । करिव ३२ लाख भन्दा बढी विदेशमा बस्ने नेपालीहरु यो संस्थामा आबाद्द छन् । हामीहरूले यो अवस्था सम्म आइपुग्दा धेरै खुड्किला र अनगिन्ती चुनौतीहरु पार गरिसकेका छौ ।

एक पटकको नेपाली सधैँको नेपाली हुनु पर्ने हाम्रो मागलाई अहिलेसम्म पुरा भएको छैन १० बर्षे एनआरएन परिचयपत्र दिएर यसको शुरुवात भने गरिएको छ । हामीले गर्नु पर्ने धेरै कामहरु अझै बाँकी नै छन् । यसलार्इ सिस्टमेटिक बनाउन संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले ल्याएको १०० मिलियन डलरको कोष कसरी खडा गर्ने भने बिषयमा म बताउन चाहन्छु । हरेक बर्ष हुने क्षेत्रीय सम्मेलन, बैठक र सभामा लाखौं लाख डलर खर्च गर्दछौ । यसको खर्च कम गर्न सक्नु पर्दछ । बर्षमा अहिले २,००० डलर दिन सक्ने नेपालीहरु छ लाख पुगिसकेका छन् । एउटा सोलिडारिटी कलेक्टिव इन्भेस्ट मेन्ट फन्ट खोलेर पहिला १००० जनाबाट त्यसपछि १०,००० बाट त्यसपछि १,००००० बाट गरी बढाउदै जानु पर्दछ । यस बाट उठेको रकमले नेपालमा कुनै उत्पादकमूलक काममा लगाइ नेपालमा बस्ने बेरोजगार युवाहरुलाई प्रत्यक्ष रोजगार दिन सक्नु पर्दछ । यसरी नेपालको बेरोजगारी समस्या पनि हल हुन सक्छ । यसरी नै नेपालको बिकासको साथै “नेपालीको लागि नेपाली “भन्ने एनआरएनको नारा पनि सफल हुन सक्छ ।

यो संस्था एउटा परोपकरी संस्था हो तर हाम्रो चाहना सम्बृद नेपाल बनाउनु पर्ने पनि छ । यी सबै बिषयलाई मिलाएर भन्दा यो संस्था गैर राजनीतिक, गैर धार्मिक, गैर नाफा मुलक, गैर जातिय बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुको साझा छाता संगठन हो । आज १० बर्ष देखि यो संस्थामा तीन जना अध्यक्ष आए सबै संस्थापक नै हुन । तेसैले यो अभियानको संजाललाई क्रमिक रुपमा पहिलेका नित्रित्वहरुले दिएको मार्ग दर्शनलाई सस्थागत रुपमा अगाडि बढाउन र यस संस्थाको बिधानको मुल्य मान्यता र मर्मलाई राम्रोसँग बूझेर बिशाल अनुभव बटुलेको, संसारको ६४ देशहरुमा फैलिएर बसेका ३२ लाख भन्दा बढी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुको मनोभावनालाई बुझ्ने र गहन अध्ययन भएको ब्यक्ति यो संस्थाको नेतृत्वको लागि अत्यावश्यक छ । एन आर एन एको आगामी नेतृत्व सर्व सम्मतबाट सुम्पिनु पर्दछ भन्ने मान्यता पनि हो । मेरो नजरमा यस संस्थामा नेतृत्व प्रदान गर्न सक्ने दुई जना ब्यक्तिहरु छन् जसको नाम मैले नभनि हुँदैन । एक जना जर्मनीमा ४० बर्षदेखि बस्दै आउनु भएको राम प्रताप थापा ज्यु अर्का भिम उदास ज्यु हुन्। यी दुबै जना २००९ मा एन आर एन एको अध्यक्षको उम्मेवार पनि थिए । मैले माथि भनेका कुराहरु यी जनामा हामीले पाउन सकिन्छ । किनकि दुबै जना संस्थापक, कुनै राजनैतीक पार्टीसित आबध्द नभएका, एन आर एन को बिशाल अनुभव संगालेका, बिधानको मूल्य मान्यतालाई राम्रोसँग बुझेका, र ६४ देशमा फैलिर बसेका सबै नेपालीहरुको भावनालाई बुझ्ने ब्यक्तिहरु हुन् ।

तर भिम उदासज्यू अहिले नेपालमै बस्ने भएकोले उहाँलाई बिधानको परिधीभित्र रहेर उम्मेदवारी दिन नमिल्ने भएको हुनाले मैले केही भन्दिन । राम प्रताप थापा भने आगामी नेत्रृत्व लिन तयार हुनु पर्दछ भन्ने मेरो मान्यता हो । वर्तवान नेत्रित्वले दिएको मार्ग दर्शनहरुलाई अगाडि बढाउन र संस्थालाई संस्थागत रुपमा अझ बलियो बनाउनको लागि राम प्रताप थापाको नेत्रृत्व नै अहिलेको नेत्रृत्वको सक्सेसर हुनसक्छ । आज भन्दा ४ बर्ष पहिले आफू संस्थाको अध्यक्ष पदमा निर्वाचित भएका थापाले एन आर एनहरुको एकतालाई बलियो बनाउन उनले दिएको सस्थालाई बलिदानको इतिहास नै साँछी छ। एन आर एन ए भनेको नेपालका कुनै राजनैतिक पार्टीको नेताले चलाऊने संस्था होइन यो एउटा बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुको साझा र पवित्र सामाजिक संस्था हो । त्यसैले यो संस्था चलाउन कुनै जातिय, कुनै धर्मिक, कुनै बर्ग र कुनै राजनीतिले संस्था चल्दैन । यसमा भएका बिधि बिधान र उसँग भएको संस्थाप्रतिको अनुभवले नै संस्थालाई उचाइमा पुर्याउन सक्छ । एन आर एन ए लाई हाँक्न सक्ने क्षमता भएको ब्यक्तित्व भएकोले मैले उहाँको नाम लिएको हुँ । राम प्रताप थापा नत मेरो भाई भतिजा हो, नत मेरो जिल्ला बासीनै हो, नत पार्टीको मान्छे हो, नत मेरो जात धर्मको मान्छे नै हो । मैले निस्वार्थ पूर्वक हेर्दा स्वच्छ छवी भएको, इमान्दार, कर्मट र सबै कुरा बुझेको ब्यक्तिको रुपमा उहाँलाई लिएको हुँ ।मेरो अनुरोध सम्पूर्ण एन आर एन हरुलाई हाम्रो प्रम्परा अनुसार राम प्रताप थापालाई आगामी एन आर एन ए को अध्यक्ष पदमा सर्वसम्मतबाट निर्बिरोध निर्वाचित गरौ भन्ने प्रस्ताव राख्दछु । एन आर एन ए लाई कसैको राजनीतिक गर्ने सस्था नबनाइ कुनै ब्यापारीहरुको क्लुब पनि नबनाइ यसको सस्थागत रुपमा बिकास गर्नको लागि मैले संपुर्ण एन आर एन साथीहरुलाई मेरो आत्म देखि हार्दिक अनुरोध छ कि तपाईंहरुको नेत्रृत्व लिने समय अझै धेरै बाँकी छ यो अभियानमा साथ दिउँ यो हामी सबैको साझा अभियानको संङ्कल्प हो मिलेर पुरा गरौ।

(गुरूङ नेपाली जनसम्पर्क समिति यूरोपका संयोजक हुनुहुन्छ । )

Source: www.onlinekhabar.com


1 Comment to “‘यसकारण थापालाई एनआरएनको नेतृत्व दिनुपर्छ’ – दिल बहादुर गुरुङ”

Add Comments (+)

  1. prami says:

    yes it is correct! n important for betterment of NRN.

Leave a Reply to prami