ramthapa.com

सुझाव, सहयोग र सद्भाबको निम्ति धन्यवाद
आदरणीय गैर अवासीय नेपाली संघसंग आबद्ध दाजुभाइ तथा दिदीबहिनिहरु,

गैर अवासीय नेपालीहरुको भर्खरै सम्पन्न विश्व सम्मेलनमा नयाँ नेतृत्वका निम्ति मैले पनि उम्मेद्धवारी दिएको थिएँ भन्ने कुरा त यहाँहरु सबैलाई अवगत नै छ । गैर अवासीय नेपाली संघको इतिहासमा नेतृत्वको चयन अहिले सम्म हरेकपटक सर्व सम्मतबाट हुने गरेको ब्यहोरा पनि तपाईंहरुमा अवगत नै छ ।

म सँधै समझदारिमा विश्वाश गर्ने मान्छे । त्यसैले नेतृत्व चयनको प्रकृयागत सहजताको निम्ति आफ्नो तर्फबाट गर्न सकिने सहयोग अनुरुप अन्तिम समयमा आएर मैले आफ्नो उम्मेद्धवारी फिर्ता लिएको ब्यहोरा अनुरोध गर्न चाहन्छु ।

तपाईंहरुले म प्रति देखाउनु भएको सुझाव, सहयोग र सद्भाबको निम्ति म सदा आभारी रहने छु ।

धन्यवाद।

रामप्रताप थापा

संरक्षक, गैरआवासीय नेपाली संघ

स्काइप: rampthapa

इमेल: thapa@web.de, thapa.rampratap@gmail.com

फोन: 9851065565

२६ अक्टोबर, २०१३

नेपाल र नेपालीको सम्रिद्धी नै हाम्रो हित । एनआरएनको सम्मान नै मेरो जीत ।
संस्था सन्जालको हिसाबले निकै राम्रो देखिए पनि गुणात्मक रुपमा गतिलो हुन सकेन, धेरै कुराहरु छन गर्नु पर्ने जसकालागी दस बर्षको अनुभब नै चाहिने भएकोले अहिले मैले उम्मेद्बारी दिएको हुँ ।

एनआरएनको सम्मान र अनुभवि नेत्रित्वका लागि राम प्रताप थापालाई जिताउं ।
एनआरएनको सम्मान र अनुभवि नेत्रित्वका लागि राम प्रताप थापालाई जिताउं ।

एनआरएनको सम्मान नै मेरो जीत
Select the right person.

शुभ बिजया दशमी २०७० को पावन अवसरमा तपाईको सुख शान्ति र दिर्घायुको कामना गर्दै हार्दिक मंगलमय शुभकामना
आदरणीय गैर आवासीय नेपाली साथीहरु

शुभ बिजया दशमी २०७०को पावन अवसरमा तपाईको सुख शान्ति र दिर्घायुको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

साथीहरु हामी गैरआवासीय नेपालीहरु केहि दिन पछि नै हुन गइरहेको बिश्व सम्मेलन र नयाँ नेतृत्वको चयनका क्रममा छौ । यसै सन्दर्भमा आगामी नेतृत्वका लागि म राम प्रताप थापाले पनि अध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेको यहाँहरु सबैलाई जानकारी गराउदै बिस्तृत जानकारीका लागि मेरो उम्मेद्धवारीको घोषणा पत्र पनि यसै साथ राखेको छु ।

गैरआवासीय नेपाली संघसंग आबद्ध प्रिय मित्रहरु,

गएको दशवर्षमा हामी सबै मिलेर गैरआवासीय नेपाली संघलाई यो स्थानमा ल्याई पुराउन सफल भएका छौं। मातुभूमिको भलाइ र नेपालीहरुको हकहित सुरक्षित गर्न गैरआवासीय नेपाली संघको स्थापना र प्रबर्द्धनमा तपाईंहरु सबैसंग सहकार्य गर्ने अवसर पाउंदा मैले आफुलाई गौरवान्वित ठानेको छु।

अरु सकृयरुपमा संघको सेवा गर्ने इच्छा भएकाले मैले सन् २०१३-१५ कार्यावधिकालागि गैरआवासीय नेपाली संघको केन्द्रिय अध्यक्ष पदकालागि उम्मेदवारी दिने घोषणा गरेको सविनय जानकारी गराउन चाहन्छु।

सन् २००३ मा संघको स्थापना कालदेखि नै मैले गैरआवासीय नेपाली संघको केन्द्रमा रहेर काम गर्ने अवसर पाएको छु। उपाध्यक्ष र संरक्षकको अलावा दोहोरो नागरिकता संबन्धी कार्यदलको संयोजकको रुपमा पनि मलाई दिइएको जिम्मेवारी मैले आफ्नो क्षमताले भ्याएसम्म निर्वाह गरेको तपाईंहरु सबैलाई अवगत नै छ। यसबाहेक दीगोपना संबन्धी कार्यदल, बाढी पीडित सहयोग कार्यदल तथा अनुशासन समितिको अध्यक्षको रुपमा पनि मैले काम गरिसकेको छु।

गैरआवासीय नेपाली संघको बृहत् एकताकालागि सन् २००९ को चौथो विश्व सम्मेलनका क्रममा मैले अध्यक्ष पदमा सर्वसम्मतिले चयन भैसक्दा पनि सहमतिको वातावरण बनोस् भन्नकालागि श्री देवमान हिराचनलाई छाडीदिएको तपाईंहरु सबैलाई अवगत नै छ। त्यसैगरी सन २०११ को पांचौ विश्व सम्मेलनका क्रममा उदाउदो पुस्तालाई नेतृत्व दिनु उपयुक्त हुने साथीहरुको सुझाव बमोजिम वर्तमान अध्यक्षलाई मैले खुला हृदयले समर्थन गरेको हुं। कुनै औपचारिक पद धारण गर्नु भन्दा गैरआवासीय नेपाली संघको प्रबर्धनमा मैले विश्वास गर्दै आएको छु।

गैरआवासीय नेपाली संघ स्थापनाको दश बर्ष पुरा हुंदैगर्दा हामी अहिले एउटा अत्यन्त महत्वपूर्ण मोडमा आईपुगेका छौं र हामीले कैयौं महत्वपूर्ण विषयहरुलाई अगाडि बढाउनु पर्नेछ। तीमध्ये केही प्रमुख विषयहरु मेरो विचारमा यसप्रकार छन्:

-    नेपालमा एउटा सामाजिक, गैर नाफामुखी संस्थाको रुपमा गैरआवासीय नेपाली संघको विधिवत दर्ता

-    नेपालको समृद्ध भविष्य तथा भावी पुस्ताका लागि पनि “एक पटकको नेपाली संधैको नेपाली” भन्ने मूल मन्त्रलाई सार्थक तुल्याउन नेपाली नागरिकताको निरन्तरताकालागि सार्थक पहल

-    वर्तमान नेतृत्वले ल्याएको सामूहिक लगानी अभियानलाई अरु व्यवस्थितरुपमा अगाडि बढाउंदै भूपू गोर्खा समुदायसमेतको सहभागितामा वित्तीय, पर्यटन, शिक्षा, स्वास्थ्य, प्रविधि हस्तान्तरण लगायत लगानीका नयां क्षेत्रहरुको पहिचान

-    नेपाल सरकार, निजी क्षेत्र तथा गैरसरकारी संसंस्थाहरुसंग गैरआवासीय नेपाली संघको सहकार्य तथा विश्वसनीयता बढाउन अभियान

-    खाडी मुलुकहरु, मलेसिया लगायत संसारका ६५ देशमा संघसंग आबद्ध नेपालीहरुका समस्याहरुको पहिचान गरी तिनको प्रभावकारी समाधानका लागि प्रयास गर्नुका साथै उनीहरुको सीप, दक्षता र पूंजी नेपालको विकासमा परिचालन गर्न पहल, र

-    गैरआवासीय नेपाली समुदायका अभिन्न अंग महिला, युवा तथा बालबालिकाहरुको हितकालागि विशेष कार्ययोजना तर्जुमा, आआफ्नो समुदायमा नेपाली भाषा कक्षा सन्चालन गर्न जोड

गैरआवासीय नेपाली संघको स्थापनाकालदेखिको मेरो संलग्नता एवम् वित्तीय, व्यवस्थापन तथा संगठन निर्माणसंबन्धी मेरो पेशागत अनुभवका आधारमा माथि उल्लेखित एजेण्डाहरुलाई दृढतापूर्वक अगाडी लान मेरो ठोस योजना मैले छिट्टै यहांहरु समक्ष प्रस्तुत गर्नेछु। अझ महत्वपूर्ण कुरा त मैले एकचित्त भै संगठनको सेवामा अरु बढी कृयाशील हुने अठोट गरेको पनि तपाईं सबै मित्रहरुलाई जानकारी गराउन चाहन्छु।

आउंदा दिनहरुमा मैले आफै भेटेर वा फोन लगायतका माध्यमबाट तपाईंहरु सबैसँग सम्पर्क राख्ने प्रयास गर्नेछु। मेरो यस अभियानमा तपाईंहरुसबैको अमूल्य सुझाव, सहयोग र सदभावना प्राप्त हुनेछ भन्ने मैले दरिलो विश्वास पनि लिएको छु।

धन्यवाद।

रामप्रताप थापा

संरक्षक, गैरआवासीय नेपाली संघ

स्काइप: rampthapa

इमेल: thapa@web.de

फोन 9851065565

३ अगष्ट २०१३

एनआरएनलाई धनीहरुको मात्र संस्था हुन नदिनका लागि नै मेरो उम्मेद्बारी हो- थापा
रामप्रताप थापा एनआरएनको दुनियामा नयाँ नाम होइन । दस बर्ष अघी देखी संस्थाको उन्नती र प्रगतीमा निरन्तर लागिरहेका थापा यसका संस्थापक सदस्य मध्येका एक पनि हुन । एनआरएनको चौथो महाधिवेशनमा अध्यक्षका उम्मेद्वार बनेका थापाले त्यतिबेला संस्थामा बिभाजन नहोस् भनेर सहमतीका लागि देवमान हिराचनलाई अध्यक्ष पद सुम्पिएका थिए । पाँचौ महाधिवेशनमा यिनी अर्को सहमतिकोको घेराउमा परे र उम्मेद्वार बनेन । जसमा जिवा लामिछने सर्वसम्मत चुनिए । तर यसै अवधिमा संस्थाले स्थापनाका केही बर्ष सम्म कोरेका रेखाहरु लगभग मेटिए र प्रवासी नेपालीहरुको भनिएको यो संस्था केही ब्यापारीहरुको नियन्त्रणमा पुग्न लाग्यो, बिभिन्न देशका स्थानिय समीतीहरुमा ब्यापक बिभाजन देखियो र अघिल्ला प्रतिवद्दताका बावजुद संस्थाले बाटो बिराउदै गएको एनआरएनमा चासो राख्ने सबैले अनुभुत गरिरहेका छन । निकै घुमाउरो र बिभिन्न स्वार्थ बिच धरमराइरहेको यो संस्थाको छैटौ महाधिवेशन यही अक्टोवर १९ मा काठमाण्डौमा सुरु हुँदैछ र तिनै रामप्रताप थापा फेरी अध्यक्षको उम्मेद्वार बनेका छन । नेपाल प्लस सँगको कुराकानीमा थापाले संस्था धनीहरुको मात्र बनाइन लागेकोमा निकै दु:ख ब्यक्त गरे र सँस्था लाई सबै प्रवासीहरुको बनाउनु पर्ने धारणा राखे ।

प्रश्न:- तपाईं फेरी पनि अध्यक्षको उम्मेद्वार हुनुहुन्छ एनआरएनलाई कसरी अगाडि बढाउने सोच बनाउनु भएको छ ?

- संस्था सन्जालको हिसाबले निकै राम्रो देखिए पनि गुणात्मक रुपमा गतिलो हुन सकेन, खास गरेर दस बर्षमा एनआरएनले संस्थागत फड्को मारिसक्नु पर्ने थियो त्यो पनि हुन सकेन । धेरै कुराहरु छन गर्नु पर्ने जसकालागी दस बर्षको अनुभब नै चाहिने भएकोले अहिले मैले उम्मेद्बारी दिएको हुँ ।

प्रश्न:- एउटा कुरो नि यहाँले चौथो महाधिवेशनमा उम्मेद्बारी दिनु भएको थियो पाँचौमा रोकिनु भओ अहिले किन नि फेरी ?

- चौथोमा मैले उम्मेद्बारी दिएको थिएँ तर म अध्यक्ष हुने फिक्स भई सकेपछी पनि संस्थामा बिभाजन नआओस भनेर मैले छोडेको हो । पाँचौमा जीवा लामिछनेजीले इच्छा गर्नु भो रेक्वेष्ट पनि गर्नु भो, मैले पनि उहाँ योंङ मान्छे संस्थामा नयाँ सोच आउँलान, केही परिवर्तन होला भनेर उहाँलाई सपोर्ट गरेर छोडेको हो ।

प्रश्न:- योंङ भनेर सपोर्ट गर्नु भएको जिवा लामिछनेले के परिवर्तन गर्नु भो त यो दुई बर्षमा ?

- हामीले जुन सुरु देखी नै जुन सामुहिक लगानीको कुरा गरेका थियौ त्यो सानै रुपमा भए पनि शुरु भएको छ । तर बिडम्बना के भयो भने हामीले सामुहिक लगानीको निकै ठुलो कुरा गर्यौ तर आफ्नै संरचना के के भयो त्यो भने मिलाउन सकेनौ । नेपालमा संस्था दर्ता हुन नसकेर यो दुई बर्ष त्यसैमा अलमल भयो । यसले गर्दा पनि यो दुई बर्षमा धेरै कामहरु हुन सकेनन जुन हुनु पर्दथ्यो । अर्को कुरा यो दुई बर्षमा एनआरएन बिचमा एकता देखिएन सबै तिर । हरेकका अलग अलग आकांक्षा देखिएका हुनाले पनि कतिपय हुन सक्ने काम पनि हुन सकेनन जस्तो लाग्छ ।

प्रश्न:- पाँचौ महाधिवेशनमा अध्यक्षका आकांक्षी जीवा लामिछनेले छैटौं महाधिवेशनमा तपाईंलाई पूर्ण समर्थन गर्ने कमिट गर्नु भएको थियो भन्ने सुन्नमा आएको छ खास कुरो के हो ?

- त्यस्तो कमीट गरेको होइन, उहाँले इच्छा गरेको हुनाले मैले ल ठिकै छ भनेको हुँ ।

प्रश्न- अहिले अध्यक्षको मैदानमा पाँच जना उम्मेद्वार हुनुहुन्छ । कोही पनि सहमती गरेर अर्कोलाई छोड्ने पक्षमा देखिदैनन । के एनआरएनको ईतिहास तोडिने हो यसपाली ?

- हेर्नुस् मेरो कुरा प्रष्ट छ, तेस्रो महाधिवेशन देखी पाँचौ सम्म मैले त्याग गरिसकें । अब त्याग गर्ने पालो मेरो हुँदैहोइन । मैले गत अप्रेलमा पनि जिवाजीलाई भनेको हुँ मेरो उम्मेद्बारीको कुरा र उहाँले सहयोग गर्ने बाचान पनि दिनु भको छ । म स्पष्ट छु राम थापाको पक्षमा सहमती भयो भने भयो भएन भने चुनाव हुन्छ । सधैंभरी राम थापाले मात्रै त्याग गर्नु पर्छ भन्ने कुरा न्याय संगत हुँदै होइन ।

प्रश्न:- एउटा नबुझिएको कुरा नि एनआरएनका मान्छेहरु चुनाव भनेपछी किन डराउछन ?

- डराउने कुरा त होइन तर मुख्य कुरा के भयो भने हामी पद मुखी भएका छौ पारीणाममुखी भएनौ । एनआरएनमा पार्टीगत राजनिती भयो, पदहरु पार्टीगत हिसाबले बाड्न थालियो अनी मान्छेहरुलाई के लाग्न थाल्यो भने किन चुनावमा जाने पार्टिगत आधारमा पद बाँडे त भईहाल्यो । आइसीसी देखी एलसीसी सम्म यही हालत छ, जताततै पार्टिगत आधारमा पदहरु बाँडफाँड भएका छन । त्यसैले संस्थाको संरचना र हाम्रो मानसिकता परिवर्तन भएन भने हाम्रा लागि निकै अप्ठ्यारो समय आउछ ।

प्रश्न:- अहिले सबैको मनमा लागेको एउटा कुरो नि रामजी, २००३ मा संस्था गठन गर्दा तपाईंहरु उपेन्द्रजी, जिवाजी, तपाईं सबै सँगै हुनुहुन्थ्यो । तर अहिले उहाँहरु दुबैका अलग अलग उम्मेद्वार छन, तपाईं त छोडिनु भएछ त ! कहानेर छोडिनु भयो तपाईं ?

- म ब्यक्ती ब्यक्तीहरुको त्यो समुहमा परिन पर्न सकिन अहिले एनआरएनको ठुलो बिडम्बना यही हो । अहिले जुन आरोप छ एनआरएन धनीहरुको संस्था बन्यो भन्ने त्यो यस्तै कुराहरुले प्रमाणित गरेको छ । यसलाई धनीहरुको मात्र हुन नदिनका लागि नै मेरो उम्मेद्बारी हो । यो कुनै ब्यापारिक संस्था पनि होइन, यो सामाजिक संस्था हो बिदेशमा बस्ने हरेक तह र क्षेत्रका नेपालीको संस्था हो त्यसकारण यो संस्थामा सबै बिषयलाई समेट्नु पर्ने हुनाले र मैले दस बर्ष काम गरेको संस्था भएको हुनाले मलाई त मायाँ छ यसमा हामीले बगाएको पसीनाको रक्षा गर्नु पर्ने पनी छ अहिले त्यसैले मैले मेरो जिम्मेवारी सम्झेर उम्मेद्बारी दिएको हुँ, मैले कुनै पनि हालतमा यो संस्थालाई बागार्न दिनु हुँदैन ।

म एउटा संस्थापक सदस्य, अनी संरक्षक पनि- अध्यक्षको लागि उम्मेद्बारी दिएको छु जहाँ अरु चार जनाको पनि उम्मेद्बारी छ । तर अहिलेको कार्यसमीतीले संस्थापक सदस्यको उम्मेद्बारी आएको बेलामा यस्तो किन भयो, कसरी भयो भनेर सार्वजनिक रुपमा बोल्नु पर्ने ठाँउमा भित्र भित्र आ-आफ्ना उम्मेद्वार बनाएर हिंडेको देख्दा म निकै दुखी भएको छु । उहाँहरुको मन जित्न नसकेकोमा मलाई ग्लानी छ ।

यही होला, राम थापा सँग पैसा छैन, ठुलो ठुलो लगानी गर्न सक्दैन भनेर मलाई छोडे होलान साथीहरुले । तर एउटा कुरा के हो भने दुई चार जनाको लगानी जादैमा मात्र न देश सम्पन्न हुन्छ न एनआरएनको उदेश्य पुरा हुन्छ । लगानीका लागि झोलामा पैसा बोकेर हिंडेर हुन्छ र !

यसका लागि ठोस् अवधारणा चाहिन्छ, हरेक प्रवासी नेपालीहरुलाई समेट्न सक्ने कार्यक्रम चाहिन्छ । हामीले सामुहिक लगानीको कुरा किन गरेको हो ? एनआरएनको लगानीको कुरो देशको बिकास सँग मात्रै सम्बन्धित छैन -यसले प्रवासीहरुलाई देश सँग जोडी रहन्छ । भविश्यको मुख्य सरोकार यो हो ।

प्रश्न- जिवा लामिछनेजी ले शेष घले जीलाई आफ्नो उम्मेद्वार भन्नु भएको छ भन्ने सुन्नमा आएको छ । घलेजी लाई उठाउनु पर्ने खास कारण के हुन सक्छ ?

- म शेषजी लाई निकै लामो समय देखी चिन्छु, उहाँ सम्पन्न मान्छे हो राम्रो मान्छे हो, नेपाललाई पनि उहाँको जरुरत छ, एनआरएनलाई पनि जरुरत छ तर यसको मतलब यो होइन कि कुनै पनि पदमा बसेर एक कार्यकाल नबिताएको ब्यक्तिलाई एक्कै पटक अध्यक्षनै बनाउँ । कम से कम केही समय संस्थामा काम गरेर आउँदा राम्रो हुन्थ्यो ।

प्रश्न:- उहाँ सँग त पैसा छ एनआरएनलाई चाहिएको पैसा होइन र ?

- म त्यसैको त बिरोधमा छु,

संस्था धनीहरुको मात्रै बनाइनु हुँदैन भन्ने अभियानमा छु । दस बाह्र जना धनीहरुले संस्था चलाऊने हो भने ति अरु ३० लाखले कहिले आफ्नो कुरा राख्ने ।

प्रश्न:- के भने नि नेपाल सरकारले चाहेको लगानी हो जुन पाँच छ हजार मान्छेहरुले पुरा गर्न सक्छन भने यो अरु लाखौं कुल्ली मजदुर हरुलाई किन समेट्नु पर्‍यो र ?

- अहिले एनआरएन भित्र धेरैको सोचाइ तपाईंले सोधे जस्ताइ भएको छ । त्यसैको प्रतिकारमा म लागेको छु । हाम्रो उदेश्य नै नेपालीका लागि नेपाली हो । गरीब, किसान, मजदुर सबैको हितका लागि गठन भएको हो यो संस्था, मुख्य रुपमा तिनैलाई समेट्नु पर्दछ जो समेटिन जरुरी छन । हेर्नुस् लगानी भन्ने कुरा त अलिकती बातावरण बन्ने र सरकारले आव्हान गर्ने हो भने कती बिदेसी कम्पनी जान्छन जान्छन तर हामी सानै किन नहोस् हाम्राइ लगानी होस् भन्ने चाहन्छौ । यसले नेपाली नेपाली बिच पुलको काम गर्छ । तर कस्तो भने एनआरएन गतिलो गरी अघी बाध्न सकेन । जताततै बिबाद छन । एनआरएन फुट्छ भनेर हल्ला नै चलाइएको छ ।

प्रश्न- कसको कमजोरी हो त यो ?

- हामी सबैको भन्नु पर्छ । १० बर्ष भई सक्दा पनि धेरै कुरा हामीले संस्थागत गर्न सकेनौ । तर हामीले जसरी हुन्छ समेटेर लानु पर्दछ । कमजोरी भएका होलान, तथापी नमिल्ने केही छैन ।

प्रश्न- सँस्था टुक्रिदै छ भनेर पनि सुनिन्छ, यसको मतलब बिबाद माथि सम्मै छचल्कीई सकेको छ । यसमा अहिलेको कार्यसमीतीको कत्तिको कमजोरी छ ?

- कुरो के भने नि, हामी निकै छिटो अगाडि वढ्यौ- १० बर्षमा ६५ देश सम्म बिस्तार भयो, साधन श्रोत काम छ । यो बिचमा सँस्थालाई आर्थिक रुपले सक्षम बनाउनु पर्दथ्यो त्यसो गरिएन, अनी सँस्थामा पैसा नभए पछी धनी मान्छे नै अध्यक्ष हुनु पर्छ भन्ने बहाना बनेको त्यही भएर हो । तथापी सँस्था फुट्दैन र यो फुट्नु पनि हुँदैन । रह्यो कुरा अहिलेको कार्यसमीतिको त्यो साथीहरुले मुल्यांकन गर्नुहोला ।

प्रश्न- अब अन्तमा तपाईंले उम्मेद्बारी त दिनु भएको छ तर मान्छेहरु राम थापाले अन्तिममा पहिले जस्तै आफ्नो उम्मेद्बारी फिर्ता लिन्छ भन्छन । के अहिले पनि त्यस्तै हुने हो ?

- यस्तो कुनै हालतमा हुँदैन, राम थापाले तीन तीन पटक त्याग गरेको छ अब म कसका लागि र किन छोड्ने । अहिले त्यस्तो हुँदैन , अब उम्मेद्बारी फिर्ता लिने पालो अरुको हो ।

सर्वसम्मत नेतृत्व चयनकालागि अपील
गैरआवासीय नेपाली संघका संरक्षक रामप्रताप थापाले गैरआवासीय नेपाली सँघको छैठौं विश्व सम्मेलनमा भाग लिन काठमाण्डू जानुलाग्नुभएका सबै प्रतिनिधिहरुलाई सहमतिका आधारमा संघको नयाँ नेतृत्व चुन्ने वातावरण बनाउन आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न अपील गर्नुभएको छ।

एक वक्तव्य प्रकाशित गर्दै थापाले गैरआवासीय नेपाली संघको अध्यक्ष पदका आकांक्षीलाई संस्थाभित्र बृहत्तर एकताको आधारमा सर्वसम्मतिले नयाँ नेतृत्व चयन गर्न पहल गर्न पनि आह्वान गर्नुभएको छ।

थापाको वक्तव्यको पूर्ण पाठ:

गैरआवासीय नेपाली सँघको छैठौं विश्व सम्मेलनमा भाग लिन जानुलाग्नुभएका सबै प्रतिनिधि साथीहरुमा नमस्कार।

सर्वप्रथम त म यहाँहरु सपरिवारमा विजया दशमी २०७० को अवसरमा सुख, सुस्वास्थ्य तथा सम्मृद्धिको मँगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।

मित्रहरु,

गैरआवासीय नेपाली सँघ स्थापनाको दश वर्ष पुरा हुँदै गर्दा आयोजना हुन लागेको यो सम्मेलनको ऐतिहासिक महत्व छ। हामीले अहिलेसम्मका उपलब्धिहरुलाई संस्थागत गर्दै कमसेकम आउँदो एक दशककालागि मार्ग निर्देश गर्नु पर्ने आवश्यकता छ। गएको दश वर्षमा गैरआवासीय नेपाली संघ विश्वभरि फैलिएका नेपालीहरुलाई समेटन सफल भएको छ र अब हामीले आफ्नो परिचय दिइरहनुपर्ने आवश्यकता छैन। तर संस्थागत सुदृढिकरण तथा गैरआवासीय नेपाली समुदायका मुख्य चासोका विषयहरुलाई नेपाल सरकार तथा संबन्धित निकायहरुसँग समन्वय गरी कार्यान्वयनमा ल्याउनुपर्ने चुनौती पनि छँदैछ।

यस्तो परिस्थितिमा छैठौं विश्व सम्मेलनले कस्तो नेतृत्व चयन गर्छ भन्ने कुरा अत्यन्तै महत्वपूर्ण हुने स्वतस् स्पष्ट छ। खासगरी आगामी दुई वर्षकालागि गैरआवासीय नेपाली सँघको नेतृत्व गर्न अगाडि सर्नुभएका साथीाहरुले यो विषयलाई गम्भीरतापूर्वक मनन गर्नुपर्ने म ठान्दछु।

छैठौं विश्व सम्मेलनको पूर्व सन्ध्यामा केही राष्ट्रिय समितिहरुको निर्वाचनका क्रममा देखिएको विवादलाई राम्रो परम्परा मान्न सकिँदैन। तपाई, हामी सबैको प्रयासले ती विवादहरु धेरैहदसम्म सुल्झाउन सफलता प्राप्त भएको छ, तर समस्याको जरो सम्म पुग्न भने दरिलो आँट र सबैलाई समेटनसक्ने नेतृत्वको आवश्यकता अरु टडकारो महसुस भएको छ।

खाडी मुलुकहरुमा लाखौं नेपालीहरुले भोग्नु परेका समस्या हुन् वा नेपाली नागरिकताको निरन्तरता जस्ता विषय हामी एकजुट भएरमात्रै तिनलाई संबोधन गर्न सक्छौं।

त्यस्तै सिँगो नेपाल दोश्रो संविधानसभाको चुनावमा होमिएका बेला हामीले आफ्नो व्यक्तिगत महत्वाकाँक्षा भन्दा संस्थाको मर्यादा र छविप्रति बढी ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। त्यसैले खासगरी गैरआवासीय नेपाली संघको अध्यक्ष पदका आकाँक्षी साथीहरुले संस्थाभित्र बृहत्तर एकताको आधारमा सर्वसम्मतिले नयाँ नेतृत्व चयन गर्न पहल गर्नुहुन म हार्दिक अपील गर्दछु।

त्यस्तै विगतका वर्षहरुमा जस्तै यसपटक पनि चुनावभन्दा आपसी सहमति र सहकार्यका आधारमा नेतृत्व चयनकालागि आआफ्नो ठाउंबाट सकारात्मक योगदान पुराउनुहुन पनि म सबै प्रतिनिधिसाथीहरुलाई आह्वान गर्दछु।

धन्यवाद

रामप्रताप थापा

संरक्षक, गैरआवासीय नेपाली संघ

अक्टोबर ८, २०१३

Source: http://www.onsnews.com

Some snapshots
In the image:

नेपाल सरकारले गर्न नसकेको काम एनआरएनले गर्नुपर्छ – Ram P. Thapa To nepalipatra.com
रामप्रताप थापा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का संरक्षक हुन् । संस्थाको स्थापनाकालदेखि नै विभिन्न महत्वपूर्ण भूमिकामा रहेर एनआरएन अभियानमा सक्रिय जर्मनी निवासी थापा आउँदो विश्व सम्मेलनमा आगामी कार्यकालको अध्यक्षका रुपमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।  हाल उनले दोहोरो नागरिकता कार्यदलको संयोजकका रुपमा समेत काम गरिरहेका छन् ।

उनै थापासँग नेपालीपत्रका लागि गरिएको कुराकानीः

अहिले केमा व्यस्त हुनुहुन्छ ? एनआरएनको विश्व सम्मेलनको माहोल कस्तो भइरहेको छ ?

व्यस्त त म सधैँजसो हुन्छु किनभने आफ्नो काम सबैको हुन्छ । त्यसमाथि पनि एनआरएनको विश्व सम्मेलनले मलाई अलिक व्यस्त भने बनाएको नै छ । साथीहरुसँग फोन, मेलमा कुराकानी अनि कहिले काहिँ बैठकहरुमा पनि सहभागी हुने मौका मिल्छ ।

स्थापना कालदेखि नै यहाँ एनआरएन अभियानमा सक्रिय हुनुहुन्छ । विगतदेखिको समीक्षात्मक दृष्टिकोणले हेर्दा यस अभियानलाई कसरी हेर्नुहुन्छ ?

यो अभियान नितान्त सामाजिक सेवामा समर्पित अनि मुलुकबाहिर रहेका आम नेपाली र मातृभूमिको हितको लागि चालिएको अभियान हो, जसले हामीलाई जहिले पनि नेपाल र नेपालीको पहिचानसहित जिउन सिकाएको छ ।

एनआरएन अभियानले यो दशक लामो यात्रामा हासिलको गरेको मुख्य उपलब्धि के हो ?

मेरो विचारमा बुँदागत रुपमा भन्दा, ६४ मुलुकमा हाम्रो अभियानको लागि विश्वव्यापि सञ्जालको रुपमा विस्तार, संयुक्त लगानी, मुलुक बाहिरका नेपालीको हक अधिकार स्थापनामा खेलेको भूमिका र समग्रमा नेपाल र नेपालीको हितमा मुलुकभित्र गरिएका प्रयास नै मुख्य उपलब्धि हुन् ।

एनआरएनका भावि दिनका चुनौतीहरु के-के हुन् ?

सिक्काको दुई पाटो जस्तै हाम्रो पनि एनआरएनको पनि केही सफल अनि सकारात्मक पक्ष छ भने केही चुनौती पनि । चुनौती त हाम्रो सामु नभएको होइन, एनआरएको दर्ता, नेपाली नागरिकताको निरन्तरता कायम अनि यसको विश्वव्यापीकरण भए सँगसँगै समन्वयात्मक रुपमा सहकार्य गरी अभियानको स्थायित्व हो ।

एनआरएन अभियानमा तपाईंको योगदान के हो ?

यो अभियानमा म स्थापनाको समय २००३ देखि हालसम्म निरन्तर लागिरहेको छु र आगामी दिनमा पनि म यस अभियानप्रति प्रतिबद्ध नै हुनेछु । अब मैले कस्तो योगदान गरेँ भन्ने बारेमा मैले भन्दा पनि यो अभियानमा सँगसँगै हिँड्नु हुने मेरा अभियन्ता सहकर्मीहरुले मलाई धेरै बुझ्नुभएको छ र यसैको आधारमा मेरो योगदानको मूल्याङ्कन पनि गर्नुहुनेछ ।

तपाईं एक पटक अध्यक्षको अवसर आएर पनि नखाएको मान्छे । आसन्न विश्व सम्मेलनमा अध्यक्षमा समेत उम्मेदवारी घोषणा गर्नुभएको छ, किन ?

हेर्नुहोस्, मलाई सबैले यही कुरा सोध्नुहुन्छ, कुनै बेला त्यस्तो समयमा आउँछ परिबन्दमा परिन्छ कि संस्थागत हितको लागि दीर्घायीत्वको लागि जो कोहीले पनि ठूलो अवसरलाई त्यागमा बदल्नु पर्छ । मेरो त्यति बेलाको घटनाक्रम पनि यस्तै एक हो । तर अहिले म मेरो त्यस्तै त्याग र योगदानलाई आत्मसात गर्दै अध्यक्ष पदको लागि उम्मेद्वारीको घोषणा गरेको छु ।

स्थापनाकालदेखि मैले संस्थाको लागि धेरै गरेको छु र संस्थाको हितको लागि के कसरी काम गर्नुपर्छ, अहिलेको कमजोरी के हो अनि कहाँ हो भन्ने पनि मेरो १० वर्षको अनुभवले मलाई राम्रोसँग थाहा छ । त्यसैले पनि मैले एक कार्यकालका लागि अध्यक्ष पदको लागि उम्मेद्वारीको दिएको हो ।

तपाईंका एजेण्डाहरु के के छन् ?

एनआरएनको अध्यक्षको उम्मेद्वारको हैसियतले मैले समग्रमा मेरो १० वर्षको अनुभवका आधारमा तयार पारेको छु । सबैभन्दा महत्वपूर्ण कुरा, एनआरएनको दर्ता र संस्थागत विकास, नेपाली नागरिकताको निरन्तरताका लागि प्रयास, सामूहिक लगानीको लागि तीव्र प्रयास, वैदेशिक रोजगारलाई गुणस्तरीय बनाउने, मातृभूमिमा रोजगारमूलक उद्योग स्थापना गर्ने र स्वदेशमै रोजगारीको श्रृजना गर्ने, कर्मभूमिमा सामाजिक सेवाका लागि  नेपालीहरुको अवस्था सुधार गर्ने, नेपाली संस्कृति र भाषाको प्रर्वद्धनको लागि प्रावधान तयार गर्ने रहेको छ भने यसबाहेक हाम्रो सवाल अझै धेरै छन् । अब आउने नेतृत्वले पनि यी सबै कुरालाई समेटेर अगाडि बढनु पर्ने हुन्छ, त्यसको लागि म तयार छु ।

अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको  छ । यसलाई कसरी लिनुहुन्छ ?

धेरै संख्यामा अध्यक्षको उम्मेदवारीको घोषणा हुनु यसको लोकपि्रयताको प्रदर्शन हो । प्रजातान्त्रिक प्रद्धतिमा हामी सबैले यसलाई सहज स्वीकार गर्न सक्नुपर्छ । अहिले जो जसले उम्मेद्वारीको घोषणा गर्नुभएको छ, सबैले यो कुरा बुझ्नु भएको छ भन्ने मैले लिएको छु ।

अध्यक्ष हुनलाई त पैसा र समय दुवै उत्तिकै चाहिन्छ भन्ने सुनिन्छ नि ?

यो कुरामा म पूर्ण रुपमा सहमत छैन किनभने एनआरएन धनीहरुको मात्र संस्था होइन । यो मुलुकबाहिर रहेका सबै नेपालीको छाता संगठन हो । यहि उद्देश्यका साथ अघि बढेको छ हाम्रो अभियान र यसले नै निरन्तरता पाउनुपर्छ । समयको कुरामा भने हो विश्वव्यापि सञ्जालको अध्यक्ष भएपछि स्वाभाविक रुपमा समय दिन सक्नु पर्छ भन्ने मेरो बुझाइ छ ।

नेपालमा त एनआरएनहरु गफ मात्र गर्छन्, काम गर्दैनन् भन्ने जनगुनासो पनि बढ्न थालेको छ नि ?

कुरा त्यस्तो होइन । हामी नेपाल सरकारका लागि सहयोगीको रुपमा रहेर काम गर्न सक्छौँ । यो होइन कि नेपाल सरकारले गर्न नसकेको काम एनआरएनले गर्नुपर्छ । अनि हामीले जे जति गर्न सक्छौँ त्यो गरिरहेका छौँ र यो निरन्तर रुपमा पनि गरिरहने छौँ । त्यसैले एनआरएनलाई बढी महत्वाकांक्षी भएर बुझ्न भएन भन्ने मेरो अनुरोध छ ।

सामूहिक लगानी परियोजना र सय मिलियन डलरको फण्ड निर्माणको महत्वकांक्षी योजनाजस्ता लगानीका कार्यक्रमहरु कसरी अगाडि बढिरहेका छन् ?

महत्वाकांक्षी योजना भए भन्ने होइन कि प्रयास हुँदाहँुदै पनि एनआरएनको सामूहिक लगानीमा सोचे भन्दा बढी समय लाग्यो पछिल्लो समयमा यो काम अगाडि बढेको छ । यसमा गर्नुपर्ने धेरै कामहरु छन् । आर्थिक रुपमा कमजोरी भएका अधिकांश व्यक्तिहरुको संलग्नता न्यून भयो भन्ने आरोप लागेको छ । यो स्वभाविकै पनि हो । जुनसुकै जसले वा जुन कम्पनि खोलेको भए तापनि लगानी गर्नेले आफूलाई ठीक लागेको ठाउँमा मात्रै लगानी गर्न पाउनु पर्दछ । एनआरएनएको आफ्नै लगानी नहुने हुँदा व्यक्तिव्यक्तिको लगानीको कम्पनीमा लेखाजोखा स्पष्ट हुनु पर्ने देखिन्छ ।

संस्था दर्ता, सामूहिक लगानी, दोहोरो नागरिकताजस्ता सवालहरु कसरी अगाडि बढिरहेका छन् ?

यी तिनै वटा काम तीव्र रुपमा अघि बढिरहेको छ । मैले अघि पनि भनिसकेँ, केही ढिलो गरी भए पनि संयुक्त लगानीको काम शुरु भैसकेको छ भने संस्थाको दर्ता र दोहोरो नागरिकताको लागि पनि हाम्रा प्रयासहरु जारी नै छन् । दोहोरो नागरिकताको कुरामा विगतको संविधानमा एनआरएनका कुरालाई सम्बोधन भएको थियो तर अपसोच त्यो संविधानले पूर्णता पाउन सकेन तर पनि हामी आशा गरौँ एक दिन यो कामले पनि पूर्णता पाउनेछ ।

एनआरएन मिलिनियर्स क्लबजस्तो भयो भन्ने पनि सुनिन्छ ?

यो कुरामा वास्तविकता म देख्दिनँ । मेरो विचारमा एनआरएनए एउटा विश्वव्यापि संस्था हो । र, केही त्यस्ता काम भएको पनि छ, जसले हाम्रो अभियानमा निरन्तर बिना स्वार्थ लाग्नुभएका साथीहरुले यो महसुस गर्ने वातावरण बनेकेा छ । यसलाई हामीले गम्भीर रुपमा विचार गर्न आवश्यक छ । हामीले अझै पनि धनिलाई मात्र नेतृत्वमा सार्ने  कुरा गर्‍यौँ भने हामीले एनआरएनको अस्तित्व र प्रशंसा दुवै गुमाउँछौँ । त्यो हुन दिनु हुँदैन ।

एनआरएनमा पछिल्लो समयमा संस्थाभन्दा पनि बढी पदलाई महत्व दिएको देखिन्छ । यो संस्थाका लागि कति राम्रो कुरा हो ? एनसीसीहरुमा पनि नेतृत्वका लागि नै विवादहरु आए ।

त्यस्तो होइन, एनआरएनको पद पाउनेले कुनै व्यक्तिगत स्वार्थ हासिल गर्ने होइन पूर्ण रुपमा संस्थाको हितमा काम गर्नुपर्ने हुन्छ । त्यसैले साथीहरुले बिना स्वार्थ काम गर्ने चाहना राख्नुभएको हो भन्ने बुझाई मेरो छ । म एनसीसीमा देखिएको विवाद होइन मतभेद भएको भन्छु र सामान्य छलफलपछि यसको समाधान हुन्छ र भैसकेका पछिल्ला उदारणहरु पनि तपाईंहाम्रा सामु सार्वजनिक भैसकेकोछ ।

विभिन्न देशका एनसीसीहरुमा गुटबन्दी, भ्रष्टाचार हावी भएको कुराहरु पनि चर्चामा आइरहेका छन् । यी समस्याहरु दीर्घकालसम्म जारी रहे भने संस्थाको अस्तित्व नै कमजोर बन्छ ।

आगामी दिनमा यस्ता समस्याहरु आउन नदिन तपाईंसँग के भिजन छ ?

संस्थागत रुपमा भन्ने हो भने ६५ मुलुकमा फैलिसकेको संस्थामा एकाध विवाद आउनु स्वभाविक नै हो किनभने हामीले धेरै सवालमा केन्दि्रत हुन जरुरी छ । त्यसको सम्बोधनको लागि गम्भीर रुपमा प्रयास गर्न आवश्यक पनि छ । जुन कुरा अहिले हुन सकिरहेको छैन । यहि नै अहिलेसम्म नेतृत्व पक्षबाट भएको कमजोरी हो । नेपालभित्र भन्दा पनि हाम्रो मुद्दा प्रवासमा जटिल छ । त्यसैले हाम्रो ज्ञान, सीपको स्तर बढाउन उच्च शिक्षा हासिल गर्ने पेशागत विकास गर्नु एनआरएनएको कर्तव्य हो भन्ने मलाई लाग्दछ ।

अर्को कुरा, पछिल्लो समयमा एनआरएनभित्र पनि यदाकदा राजनीतिक रङ्ग देखिन थालेको छ । यो बारेमा हामीले स्थापनाकालदेखि नै हुन हुँदैन भनेर लागिपरेका थियौँ ।

राजनीतिक आस्था सबैसँग हुन्छ । यो मान्छेको अधिकार पनि हो तर यसलाई एनआरएन जस्तो सेवामूलक संस्थामा प्रयोग गरिनु हुँदैन भन्ने मेरो मान्यता हो ।

त्यसैले यसमा यथाशीघ्र नयाँ मोड ल्याउनु पर्दछ । हाल विभिन्न ठाउँका एनसिसिहरुमा निस्किएका समस्याको मूल कारण पनि यहि हो र यसलाई समयमा नै सुधार गर्नु आवश्यक छ ।

विधानलाई सर्वमान्य बनाउन के गर्नुपर्छ जस्तो लाग्छ ? विधानकै विषयलाई लिएर पनि कतिपय ठाउँमा विवादहरु भएका छन्, नि ?

२००३ मा केही साथीहरुको बीचमा गरिएको छलफलको आधारमा तयार पारिएको विधान हो । अहिले संस्था विश्वव्यापि भएको छ । यो अवस्थामा मुलुकको संविधान त समयअनुसार परिवर्तन गर्न जरुरी ठानेर पटक-पटक संविधान संशोधनदेखि लिएर संविधानसभाको चुनाव भएको छ भने हामीले पनि वृहत्तर रुपमा छलफल चलाएर साथीहरु र संस्थाको मागअनुसार केही बुँदाहरुमा परिवर्तन गर्नुपर्ने मैले पनि महसुस गरेको छु ।

सदस्यता शुल्क, सांगठनिक संरचना परिवर्तनका सवालहरु कसरी सम्बोधन हुन सक्छन् ?

तपाईंले भन्नु भएका यी सवालहरुलाई हामीले सामूहिक छलफलबाट नै सहज सम्बोधन गर्न सक्छौँ । एनआरएनको विभिन्न समयमा विभिन्न स्थानमा क्षेत्रीय सम्मेलन तथा सभाहरु हुन्छन् । त्यस्ता सभा सम्मेलनमा हामीले सवालगत हिसाबमा छलफल चलाउन सक्छौँ र यसैको आधारमा हाम्रो चुनौती र सवालको सम्बोधनका लागि बाटो पहिल्याउन सक्छौँ । सांगठनिक संरचनाको कुरा गर्दा कुनै एक व्यक्तिले एक स्थानमा बसेर संगठनको विकास गर्न सक्दैन । यसैले यसलाई बिस्तारै क्षेत्रीयकरण गर्दै लैजानु पर्छ भन्ने मेरो मान्यता हो । बिभिन्न क्षेत्रबाट गरिएको संयोजनलाई केन्द्रसम्म पुर्‍याउने बलियो संरचनाको निर्माण गर्न जरुरी छ ।

तपाईंले बनाउन चाहेको भावि एनआरएन कस्तो हो ?

मैले चाहेको र भावि एनआरएनको बारेमा गरेको कल्पनामा आर्थिक सामाजिक रुपमा सक्षम, विश्वव्यापि रुपमा स्थापित, मातृभूमिका लागि पूर्ण रुपमा समर्पित र संगठित संस्था हो । यसैका लागि मैले आगामी दुई वर्षको लागि मेरो ज्ञान, सीप र समय पूर्ण रुपमा समर्पित गर्न चाहन्छु । अध्यक्ष पदको लागि मैले दिएको उम्मेदवारी पनि यसैको रुप हो ।

Source: nepalipatra.com: नेपाल सरकारले गर्न नसकेको काम एनआरएनले गर्नुपर्छ

सर्वसम्मत नेतृत्व चयनका लागि एनआरएन संरक्षक थापाको अपिल
गैरआवासीय नेपाली संघका संरक्षक रामप्रताप थापाले गैरआवासीय नेपाली संघको छैठौं विश्व सम्मेलनमा भाग लिन काठमाण्डौ जान लागेका प्रतिनिधिहरुलाई सहमतिका आधारमा संघको नयाँ नेतृत्व चुन्ने वातावरण बनाउन आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न अपील गरेका छन् । थापाले सोमबार वक्तव्य प्रकाशित गरी गैरआवासीय नेपाली संघको अध्यक्ष पदका आकाँक्षीहरुलाई संस्थाभित्र बृहत्तर एकताको आधारमा सर्वसम्मतिले नयाँ नेतृत्व चयन गर्न पहल गर्न पनि आह्वान गरेका छन् ।

प्रकाशित मिति: २०७० आश्विन २३ १२:२५

Original Link: http://www.ekantipur.com/np/2070/6/23/full-story/377231.html